बलात्कृत बालिका रक्ताम्य शरीरमा दुई घण्टा सडकमा हिँडेकाे घटनाले सिंगो राष्ट्र स्तब्ध



मुम्बई । मध्यप्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घण्टासम्म सडकमा हिँडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ ।

बलात्कारमा परेकी ती बालिकाको योनी छेद भएपछि रक्ताम्मे शरिर लिएर दुई घन्टा सडकमा हिँड्दा पनि कसैले उनलाई सहयोग नगरेको घटनाले सिंगो भारत स्तब्ध भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार महाकालको शहर उज्जैनमा निर्भयाको जस्तो बलात्कार घटना बाहिर आएको हो । सो बलात्कारपछि नाबालिगको गोप्य भागमा क्षति पुगेको थियो । उनी साढे दुई घण्टासम्म अर्धनग्न अवस्थामा महाकाल नगरमा घुमिरहेकी थिइन् । कसैले सहयोग पनि गरेनन् ।

निर्भयाको बलात्कार घटनाझैँ सो घटनालाई दाजेर हेरेपछि भारतीय राजनीति गर्माएको छ । कांग्रेस नेता राहुल गान्धीले पनि यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् र राज्य सरकारलाई घेराऊ गरेका छन् । उनले मध्यप्रदेशमा १२ वर्षीया बालिकामाथि भएको जघन्य अपराध भारत माताको मुटुमा चोट लागेको ट्वीटरमा लेखेका छन् ।

‘मध्यप्रदेशमा नाबालिग बालिका व्रिद्धको अपराध र बलात्कारका घटनाहरू सबैभन्दा धेरै छन् । अपराधीहरू ती अपराधीहरू हुन्, जसले यी अपराधहरू गरे । साथै राज्यको भाजपा सरकार छ, जो छोरीहरूको रक्षा गर्न असमर्थ छ । न्याय छैन, कानून व्यवस्था छैन र अधिकार छैन । आज मध्यप्रदेशका छोरीहरूको अवस्था देखेर सिंगो देश लज्जित छ । तर, प्रदेशका मुख्यमन्त्री र देशका प्रधानमन्त्रीलाई लाज लाग्दैन– चुनावी भाषण, खोक्रो वाचा र झुटा नाराका बीचमा छोरीको चिच्याहटलाई दबाएका छन्’ उनको आरोप छ ।

तर, सो प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रको भनाइ बाहिर आएको छ । उज्जैन घटनाको छानबिन गर्न एसआईटी गठन गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार एकजना संदिग्धलाई पनि नियन्त्रणमा लिएको छ र छानबिन भइरहेको छ । छानबिनका आधारमा कडा कारबाहीसमेत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्