संगीता र दीपक पराजित

0
Shares

काठमाडौँ। 

चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपाली मुक्केबाज संगीता सुनार र दीपक श्रेष्ठले पराजय भोगेको छ।

भियतनामकी खेलाडी  लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्। आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हसँग ५-० अंकले पराजित गरेकी हुन्।

त्यसैगरी पुरुषतर्फको ८० केजी तौल समूहमा पनि नेपालका दीपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५-० अंककै आधारमा पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजनको आधारमा पराजित गरेका हुन्।