एसियाली खेलकुदको भव्य उद्घाटन

0
Shares

काठमाडौँ।

१९ औं एसियाली खेलकुद (एसियाड)को भव्य उद्घाटन भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार राति आयोजित कार्यक्रमकाबीच एसियाडको उद्घाटन गरेका हुन्।

एसियाडका खेलहरू भने यसअघि नै सुरु भइसकेको भएपनि शनिबार आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति सीले औपचारिक उद्घाटन गरेका हुन्।

एसियाडमा सहभागी हुन विभिन्न देशका प्रतिनिधिहरू हाङ्जाओ पुगेका छन्। नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली सोही समारोहमा सहभागी हुन शनिबार हाङजाओ पुगेको छ।