एविएम स्कुलमा स्वागत र विदाई

0
Shares

काभ्रे  ।

बनेपामा रहेको एविएम स्कुलले कक्षा ११ अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ उर्तिण भई विद्यालयबाट बाहिरिन लागेका विद्यार्थीहरुलाई विदाई गरेको छ । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले विद्यार्थीहरुलाई स्वागतका साथै विदाई गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख सापकोटाले विद्यार्थीहरुलाई नेपालमै केहि गर्न सकिने भएकाले सिप र व्यवहारीक ज्ञानका माध्यमबाट अघि बढ्न अनुरोध गरिन् । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयले दिँदै आएको व्यवहारीक ज्ञानका अलावा सिप र अनुशासनका साथै नैतिक, सामाजिक शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा एसओएस बालग्रामका प्रिन्सिपल नरेश्वर आचार्य, विद्यार्थी हिमशिखा तिमल्सिना लगायतले विद्यालयले प्रदान गरेको शिक्षाका बारेमा धारणा राखेका थिए । विद्यालयले व्यवहारीक शिक्षामा जोड दिँदै आएको छ