नौ क्विन्टल गाँजासहित दुईजना पक्राउ

0
Shares

मकवानपुर ।
सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद
रेको छ ।
टोलीले आज बिहान ४ बजे हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४४ नंको ट्रकबाट नौ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताउनुभयो ।
विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताउनुभयो । बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको उहाँले बताउनुभयो ।
पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको कार्कीले बताउनुभयो ।