मध्यपाषण युगकाे बस्तीसमेत रहेकाे मधेसकाे एक प्राकृतिक ‘भ्यू टावर’ ओझेलमा

0
Shares

महोत्तरी । पहाडको फेदिमा खयरले छाएका फुसका घरहरु छन । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्व र चिलहरु घुमिरहेका छन  । पाखाहरुमा बाख्राहरु चरिरहेको छन । गोठालाहरु सुस्केरा हालेर स्थानिय गीत गाईरहेको सुनिन्छ । त्यस माथी चराचुरुङ्गीहरुको संगीतमय चिरविरले यहाँ पुगेपछी जो कोहीले छुट्टै आनन्द लिन सक्छन ।

प्राकृतिक छट्टाले अनेकौ तरहले सिंगारिएको यो  मनमोहक दृश्य हो, महोत्तरीको उत्तरवर्ती क्षेत्र राई मन्डलको ।

बर्दिवास नगरपालिकाको समथर भु-भाग छाडेर झन्डै ७ किलोमीटर माथी उक्लेपछी राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भिम डाँडा र सोली घोप्टे नामक अजंग पहाडका दुई टाकुरालाई देखेपछि मधेशको समथर भु-भाग नियालिरहेको जस्तो महसुस हुन्छ ।

समुन्द्री सतहवाट झण्डै ३६२ फिट अग्ला यी पहाडहरु तराईका गहना हुन भने बर्दिवासको समृद्धिको आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाईमा रहेका यी डाँडाहरु देख्दा जति मनोरम छन, त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन । स्थानियका अनुसार शान्ति र देवत्व प्राप्तिका लागी लामा र अध्यात्मिक व्यक्तिहरु यहाँ आएर तपस्या समेत गर्ने गरेका छन ।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यी डाँडाहरु मधेशका पाकृतिक भ्यू टावर समेत मानिन्छ । स्थानिय युवा विजय पोखरेल यी डाँडामा उक्लिएपछि भारतको सिमाना देखि जनकपुर सहर समेत दृश्यावोलकन गर्न सकिने बताए । `यहाँका सम्भावनाका बिषयमा हामीले सरोकारवालाहरुलाई निक्कै झकझक्याएका छौ तर सुनुवाई हुन सकेको छैन,´ उनले भने, `महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासको समृद्धिको मुख्य आधार पनि पर्यटन नै हो ।´ बर्दिवास नगर क्षेत्रमा रिसोर्ट देखि हाेटलसम्म ७० भन्दा बढी छन ।

निक्कै ठुलो लगानी गरेका होटलहरु दिन्हु धरासयी बन्दा व्यापारीहरुमा चिन्ता बढदै गएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की बर्दिवासमा भएका प्राकृतिक दृश्य र यस्को व्यवस्थापन गर्न नसक्दा पर्यटकहरुलाई एकदिन पनि नबस्ने गरेको गुनासो गर्छन । राइ मण्डलसम्म जाने गरी पर्यटकलाइ लैजान सके बर्दिबासकाे हाेटल ब्यावसाय उकासिने उनकाे तर्क छ ।

अझ राई मन्डलको वरपर मध्यपाषण युगको हतियार कारखाना भएको जर्मनी नागरिक गुड्रन कर्विन्सले आफ्नो किताब ‘प्रि हिस्टोरिक कल्चर इन नेपाल’मा उल्लेख गरेपछि यस्को महत्व थप चुलिएको छ । कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको राईमन्डल अर्थात पाटु  र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी छन् । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरेकी छिन् ।

मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १०  हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ । यसरी गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार यो ठाउँ  १० हजार वर्ष अघिको अर्थात् मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ ।

पहिले त कर्विन्सले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छन् ।  कर्विन्स राइमन्डल आसपास र पाटुमा  नै किन आइन् ? भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धान पछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरु बेखवर छन ।

राईमन्डलका अग्ला डाडाहरुमा जिपलाइनका सम्भावना र कर्विन्सले भनेको यस्को फेदीमा थप खोजी गरि नविन पर्यटकिय गन्तव्य बनाउन सकिने आधारहरु देखिएका छन ।