नागरिकहरुमा दल प्रतिको विश्वास खस्कँदो : ओखलढुंगा काँग्रेस 

0
Shares

ओखलढुंगा ।

ओखलढुंगा काँग्रेसले सञ्चालन गरेको वडा स्तरीय भेलाबाटमा नागरिकहरुमा  राजनैतिक दल र जन प्रतिनिधिहरुको प्रतिको विश्वास खस्कँदो रहेको निष्कर्ष निकालेको छ । आज काँग्रेस कार्यालयमा पत्रकार सम्मेलन गरेर ओखलढुंगा काँग्रेस सचिव अजय लुइँटेलले उक्त कुरा बताएका हुन ।

 राजनीतिक दल र जनप्रतिनिधि प्रति स्थानीय नागरिकहरुको असन्तुष्टि रहेको पाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको वडा सम्मेलन कार्यक्रममा स्थानीय नागरिकले असन्तुष्टि व्यक्त गरेका हुन् ।  दलका नेताहरु भोट माग्न मात्रै गाउँघरमा आउने गरेको जितेपछी  स्थानियस्तरमा आइपर्ने सामान्य समस्याको पनि वास्ता नगरेको नागरिकले आरोप लगाएको काँग्रेस ओखलढुंगाका संगठन प्रमुख भूपेन्द्र बस्नेतले बताएका छन्  ।

रोजगारीको अभावका कारण युवाविहीन हुँदै गरेको गाउँमा राजनीतिक दल र निर्वाचित जनप्रतिनिधीको बेवास्ताका कारण गाउँ झनै विकराल बन्दै गरेको आवाज आफूहरू माझ नागरिकहरुले राखेको नेता बस्नेतले जनाएका छन् । रोजगारीको अभाव, गुणस्तरिय शिक्षा, सामान्य स्वस्थ्य सेवा, कृषि उत्पादनको बजारीकरण अभाव लगायतका नागरिकका आधारभूत आवश्यकता परिपुर्तीका लागी राज्य नै सुस्त भएको आरोप नागरिकले लगाएका काँग्रेस ओखलढुंगा प्रवक्ता प्रदीप बानियाले स्पष्ट पारेका छन्  ।

पत्रकार सम्मेलनमा ओखलढुंगा काँग्रेस सचिव अजय लुइँटेलले हरेक नागरिकहरुको गुनासो वडा सम्मेलन मार्फत सुनिएको र अब जन प्रतिनिधि र नागरिकहरु बिचको अन्तर सम्बन्ध सुधार गर्नका लागी पार्टीले मध्याम मार्गी भूमिका निर्वाह गर्ने बताएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले केहि स्थानीय तहमा गरेको वडा सम्मेलन तथा गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न गरी पत्रकार भेटघाटमार्फत जानकारी दिइएको छ । पार्टीका जिल्ला सचिव अजय लुइँटेलको अध्यक्षतामा  शानिबार बिपी स्मृति भवन ओखलढुंगामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।