सुतिरहेको  बिस्तारामा आगो सल्किदा आमा छोरीको मृत्यु 

0
Shares

सल्यान । 

सल्यानमा सुतिरहेको बिस्तारामा आगो सल्किदा आमा छोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुङ्गा निवासी ३२ बर्षिया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

टिनले छाएको एक तले एक कोठे कच्ची घरमा कोठामा आगलागी भई बिस्तारामा सल्किएपछि आमा छोरीको मृत्यु भएको प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार साँझ खाना खाएर सुतेका आमा छोरी  बिहान अबेर सम्म पनि नउठ्दा स्थानीयले आइतबार बिहान ७ः१० बजेको समयमा ढोका खोली हेर्दा आमा छोरीको आगलागी भै मृत्यु भएको भनी जानकारी दिएका हुन ।

स्थानीयले कोठामा ग्यासको सिलिन्डर लिग भएर आगलागी भएको खबर गरेपनि सिलिन्डर लिग भएको नदेखिएको उनले बताए । घटनाको बोरमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन्  ।