ईयूद्वारा टिकटकलाई करोडौँ यूरो जरिवाना

0
Shares

लन्डन।

युरोपेली सङुघ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ ।

आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लङ्घनका लागि ३६ करोड ९० लाख अमेरिकी डलर बराबरको ‘प्रशासनिक जरिवाना’ बुझाएको जनाएको छ ।

आयोगले टिकटकलाई आफ्नो नियमअनुसार ‘यसको प्रक्रियालाई कार्यान्वयनमा ल्याउन’ तीन महिनाको समय दिएको छ ।