धनगढीमा विद्युत सेवा अवरद्ध हुने

0
Shares

धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिकाका केही क्षेत्रको विद्युत सेवा शुक्रबारदेखि अवरुद्ध हुने भएको छ।

उपमहानगरपालिकाको हसनपुर फिडरको विद्युत सेवा अवरुद्ध हुनेभएको हो। क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणाधिन कैलाली पुलदेखि चौराहासम्मको सडक विस्तार भइरहेको छ। सडक विस्तारको क्रममा सडकका विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुनेभएको हो।

यही भाद्र २९ गते बिहान ६ बजेदेखि ११ बजेसम्म असोज १ गते बाहेक ३ गतेसम्म चार दिन विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीले जनाएको छ।