भोलि सार्वजनिक बिदा



काठमाडौं ।

सरकारले भदौ २८ गते सार्वजनिक बिदा दिने भएको छ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार गर्ने दिन देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ। त्यस दिन सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको शर्माले जनाएका छन्।

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो।  बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा ७१ वर्षीय नेम्वाङको अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्