सिकाइ परिणाम हासिल गर्न नागरिक अगुगाइमा जोड



काठमाडौं । 

शिक्षाका क्षेत्रमा क्रियाशील विज्ञहरुले उपयुक्त सिकाइ परिणाम हासिल गर्न नागरिक नेतृत्वमा हुने मुल्याकन तथा पैरवीमा जोड दिएका छन् ।

हालै राजधानीमाआयोजिक एक कार्यक्रमका अवसरमा शिक्षामा सवैको पहुँचका लागि बालबालिकाको प्रारम्भिक उमेरदेखि नै उनीहरुको शिक्षामा जोड दिनु पर्ने पनि उल्लेख गरेका छन् । विज्ञहरुले सरकार तथा गैरसरकारी क्षेत्रले विकास गरेका विभिन्न विधि तथा औजारहरुको नागरिककै अगुवाइमा हुने मूल्याङ्कनको प्रभावकारी उपयोगले मात्रै खोजेको परिणाम हासिल हुने उल्लेख गरेका छन् ।

बालबालिकाको मुल्याङ्कन कितावी सिकाइलाई मात्र आधार मानेर गरिन नहुने बरु व्यवहारिक ज्ञान र जीवनोपयोगी सीपलाई पनि गणना गर्नुपर्ने सिकाइको मूल्याङ्कन गर्दै शैक्षिक उपलब्धी मात्यस्ता कुरा आउनुपर्नेपनि विज्ञहरुको जोड रहयो । कार्यक्रममाविविधतामाआधारित देश भएको बताउँदै डा मिनाक्षीदाहालले भाषा, सस्कृति र भुगोललाई छुने गरि तयार भएका पाठ्यक्रमले मात्रसिकाइ गुणस्तीय बन्ने उल्लेख गर्नभयो ।

स्ट्रीट चाइल्ड अफनेपालका राष्ट्रिय निर्देशक क्षितिज बस्नेतले सहजीकरण गर्नु भएको उक्तप्यानलछलफलमा नीति अनुसन्धान प्रतिष्ठानका पुर्व कार्यकारी अध्यक्ष डा बिष्णुराज उप्रेती, प्रारम्भिक बालविकस विज्ञ डा मिनाक्षी दाहाल एवं युनिसेफका शिक्षा विज्ञ वैशाली प्रधान, काठमाडौ विश्वविद्यालयका एशोसियट प्रोफेसर प्रकाशचन्द्र भट्टराई सहभागी हुनुुहुन्थ्यो ।

नेपाल सहभागित कार्य समूह (नेपान) को २९ औं साधारण सभाका अवसरमा संयुक्त रुपमा आयोजित उक्त शैक्षिक बहसमा नेपालको गुणस्तरीय शिक्षाका लागि विभिन्न सरोकारवालाहरुले लिनपर्ने कदमका बारेमा प्रकाश पारिएको थियो । कार्यक्रममा झण्डै एक सय जति सहभागीहरुले भागलिएका थिए ।

प्रतिक्रिया दिनुहोस्