को हुन् सुवास नेम्वाङ ?



काठमाडौं । हृदयघातका कारण मंगलबार राति करिब २ बजे उनको निधन भएको छ । बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो ।

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन् । नेम्वाङ संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत हुन् ।

नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

नेम्वाङ इलामबाट पाँच पटक सांसद विजयी भएका थिए ।

२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए । नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए ।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्