दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार, ठाकुरबाबा नगरपालिकामा शोक बिदा

28
Shares

काठमाडौं ।

बेतहनी सामुदायिक वन उपभोक्ता समूहका सात सदस्यको सडक दुर्घटनामा मृत्यु भएपछि बर्दियाको ठाकुरबाबा नगरपालिकाले आइतबार शोक बिदा दिएको छ ।

भ्रमणबाट फर्किँदै गरेको बस शुक्रबार साँझ बाँकेको शमशेरगञ्जमा दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिकाका ६ जनासहित ७ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-९ का ५ जना र वडा नम्बर ७ का एक जना छन् । दुर्घटनामा ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू, बसका चालक ठाकुरबाबा-८ का ५५ वर्षीय जुगबहादुर चन्द र सहचालक बारबार्दिया नगरपालिका-७ का ३४ वर्षीय बसन्त कार्कीको मृत्यु भएको थियो ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा किराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो । ‘सिंगो गाउँपालिका शोकमा छ । त्यसैले नगरपालिकाले आज शोक दिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए ।