कोशी प्रदेश सरकार : जारी भयो बजेटसम्बन्धी अध्यादेश



काठमाडौं । कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज (आइतबार) अध्यादेश जारी गरेका हुन् ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्