महिला टी-२० छनोट : नेपाललाई विश्वकप छनोटमा पुग्न थाइल्यान्डले दियो १०६ रनको लक्ष्य

0
Shares

काठमाडौं । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा थाइल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटमात्र गुमाएर एक सय ५ रन जोडेको थियो । विश्वकप खेलिसकेको थाइल्यान्डविरुद्ध नेपाल कमजोर स्थितिमा देखिएको छ।

नेपालले ११ ओभरमा ४ विकेट गुमाएर २८ रन जोडेको छ । सेमिफाइनल जित्ने टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।