६१ किलो सुन तस्करी प्रकरणमा थप १ जना प्रहरी नियन्त्रणमा



काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिवकुमार सफर रहेको प्रहरीले जनाएको छ ।

उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्