७६ वर्षीया बृद्धालाई जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्त पक्राउ



लमजुङ । लमजुङमा जवर्जस्ती करणी गरी फरार रहेको एक पुरुष पक्राउ परेको छ ।

प्रहरी कार्यालय लमजुङले बृद्धा महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा ती पुरुष व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राईनास नगरपालिका ६ का ५० वर्षीय बाबुराम सार्की रहेका छन् । गत १५ गते राति घरमा एक्लै सुतेकी अपाङ्ग ७६ वर्षीया बृद्धा महिलालाई जवर्जस्ती करणी गरी फरार रहेका साकीलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटना सम्बन्धमा प्रहरीमा उजुरी पर्नासाथ जिल्ला प्रहरी कार्यालय लमजुङले तत्कालै प्रहरी परिचालन गरी खोजतलास गर्दा सार्कीलाई यहीँ भदौ १९ गने पक्राउ गरेको हो ।

सार्कीलाई उनकै घर ननिकैको जङ्गलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सार्कीलाई २१ गते विहीबार जिल्ला अदालत लमजुङबाट दिन ५ को म्याद थप अनुमति लिई जवर्जस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्