संसद्का तीनवटा समितिको बैठक बस्दै

0
Shares

काठमाडौं । संसद्का तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।

विधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो ब्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नंं ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल गरिनेछ । दिगो विकासको अपरान्ह १ः०० बजेवाट शुरू हुँदा विधायन समितिको १ बजेवाट शुरू हुनेछ ।

उता, शिक्षा समितिमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग छलफल हुने संसद् सचिवालयले जनाएको छ । बैठक बिहान १०ः३० बजेवाट शुरू हुनेछ ।