प्रधानमन्त्री प्रचण्ड ३० गते अमेरिका जाँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते अमेरिका र त्यहीँबाट असोज ५ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते न्युयोर्कमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुहुनेछ । त्यहाँ उहाँले महासभामा भाग लिन आएका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी प्रचलनअनुसार महासभापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्