यस्ता छन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय



काठमाडाैं ।

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली स्वीकृत गर्ने तयारी गरेको छ ।

यस्तै संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता रेखा शर्माले निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने  तयारी गरेकाे  जानकारी दिएकी छन्  । यस्तै स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति स्वीकृत गर्ने र चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्