एजेन्सी ।
पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन् । विवाहको बिषयलाई लिएर मतभेद बढे पछि पीताले आफ्नो डाक्टर छोरीको हत्या गरेका हुन ।
पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो । सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन् ।
सोही विषयमा बाबु र छोरीका बिचमा आन्तरिक बिबाद बढ्दै गएपछि पिताले आफ्नो छोरीलाई गोली हानेका थिए । पीताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया