हङकङलाई हराउँदै नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

0
Shares

काठमाडौं ।

चार देश सम्मिलित महिला टी–२० सिरिजको फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको छ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले हङकङलाई १३ रनले पराजित गरेको हो।

नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक बनेपछि डकवर्थ लुइस पद्दतिमार्फत् विजेता घोषणा गरिएको हो। हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो।

भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो। वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलव ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो।

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो। नेपालले परिमार्जित २५ रनको लक्ष्य पाएको थियो। जसमा ५.३ ओभरमा १ विकेटसहित ३७ रन बनाएपछि नेपालले १३ रनको विजय हासिल गर्न सफल भएको मलेसियन क्रिकेट संघले जनाएको छ।