बझाङको विकासबारे जिल्ला सभा, ताक्लाकोट नाका खोल्न सरकारलाई ताकेता गर्ने

0
Shares

बझाङ । 

बझाङको समग्र विकास निर्माण र अवस्थाबारे जिल्ला सभामा बृहत् छलफल भएको छ । शुक्रवार सञ्चालन भएको बझाङको सातौँ जिल्ला सभामा सहभागी वक्ताहरूले जिल्लाको विकास निमार्णको अवस्था गर्नु पर्ने कामहरू र भइरहेका राम्रा पक्ष र कमी कमजोरीका बारेमा समीक्षा भएको छ ।

जिल्ला समन्वय समितिले आयोजना गरेको सातौँ जिल्ला सभा तथा आ.व ०७९/०८० को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने पार्टीका नेताहरू लगायत अन्य व्यक्तिहरूले जिल्लाको चैनपुर ताक्लाकोट सड्क निमार्णलाई छिटोभन्दा छिटो ताकेता गर्नु पर्ने विद्धुत सञ्चारको समस्यालाई दिगो बनाउनु पर्ने साथै अन्य शिक्षा स्वास्थ्य र आर्थिक अवस्था सुधारको लागि स्थानीय,प्रदेश र संघ सरकारले सहकार्य र समन्वय गरेर अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।

साथै जिल्ला सभामा जिल्लाको १२ वटै स्थानीय तहले आ.व ७९/८० मा गरेका योजना कार्यक्रम बजेट उपलब्धि समस्या र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरिने भएको छ ।  यसका साथै विकासीय कार्यालय र गैरसरकारी संस्थाको पनि प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी श्याम खड्काले जानकारी दिएका छन्  ।

जिल्ला सभामा स्थानीय तहका प्रमुख उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत साथै कार्यालय प्रमुखहरू,संघसंस्थाका प्रतिनिधि ,पत्रकारहरूको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने  जिल्ला सभाको सभाध्यक्ष समन्वय प्रमुख नर बहादुर बोहरा रहेका छन् । जिल्ला सभामा सहभागी सबैले बझाङ चैनपुर ताक्लाकोट सड्क खण्डलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सके सुदूरपश्चिम प्रदेश र देशकै विकासमा टेवा पुग्ने बताएका छन् । बझाङको सदरमुकाम चैनपुर देखि उरै भन्ज्याङ १सय १७ किलोमिटरको दुरीमा रहेको छ । सो सडक खण्ड निर्माण कम्पनीलाई छिटो छरितो काम गर्न सरकारले निर्देशन दिनु पर्ने देखिन्छ ।