क्यान्सरपीडित कांग्रेस नेता डा. कार्कीको निधन



काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको ६६ वर्षको उमेरमा निधन भएको छ । प्रोस्टेटको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधबार वीर अस्पतालमा निधन भएको हो ।

धादिङका उनी २०७४ सालमा बागमती प्रदेशसभामा सदस्य निर्वाचित भएका थिए । कांग्रेसबाट समानुपातिक कोटाबाट सांसद बनेका थिए ।

वीर अस्पतालका जनरल सर्जन उनी चिकित्सक पेशा छाडेर पूर्णकालीन राजनीतिमा आएका थिए । कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य रहेका कार्की पार्टी एकीकरणपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य थिए । अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव भोलि पार्टी कार्यालय सानेपामा ९ बजेदेखि ११ बजेसम्म राखिने छ ।

प्रतिक्रिया दिनुहोस्