काठमाडौं महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा काफ्ले नियुक्त



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त भएका छन्  ।

 सञ्चार, सूचना तथा तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम उनलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको हो । यस दफामा सूचना प्रविधि विभागका प्रमुख सञ्चार रजिस्ट्रार हुने व्यवस्था गरिएको छ । काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आएका छन्   । उनले आजै पदबहाली गरेका हुन् ।

स्थानीय पत्रपत्रिका, एफ. एम. रेडियो, केवल टेलिभिजन, अनलाइन श्रव्यदृश्य माध्यम एवं अनलाइन पत्रपत्रिकाको अभिलेखन, नविकरण र नियमन गर्ने र अभिलेखन भएका सञ्चार माध्यमहरुलाई कुनै खास स्थान, अवधि वा एक बर्षसम्मको प्रेस पास जारी गर्ने काम रजिष्ट्रारबाट हुने बताएका छन्  ।

महानगरपालिकाको तथ्याङ्क र सूचना प्रविधि व्यवस्थापन, वेभ साइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रुपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने गराउने रजिस्ट्रारका मुख्य काम रहेको बताए  ।

प्रतिक्रिया दिनुहोस्