१० हजार घुस लिएको आरोपमा नापीका अमिन पक्राउ



काठमाडौं ।

 नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले अमिन यादवले १० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए । आयोगले सो रकम लिइसकेको अवस्थामा आयोगको टोलीले बुधबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्