बस दुर्घटना अपडेट : १७ घाइतेको उद्धार, १३ घाइतेलाई काठमाडौं ल्याइयो (भिडियाेसहित)



काठमाडौं ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ।

जसमध्ये ४ मलेखुमा उपचार हुँदै भने १३ जनालाई थप उपचार गर्न काठमाडौं रेफर गरेको छ।काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो।

सशस्त्र प्रहरी बलको गोताखोरले खोज्दै बेपता भएका यात्रुको खोजी गरिरहेको छ । घटना स्थलमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा ८१ जना तथा अन्य सुरक्षा निकाय समेत परिचालन गरिएको छ । उपरीक्षक मनिष थापा अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस्