बागेश्वर बाबालाई पशुपतिमा स्वागत



काठमाडौं ।
भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा  ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई पशुपतिनाथमा स्वागत गरिएको छ । शुक्रबार नेपाल आएका उनलाई कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले दीप प्रज्वलनसहित स्वागत गरेका थिए ।

नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि उनी काठमाडौं आइपुगेका उनी पशुपतिनाथको दर्शनका लागि आउने क्रममा पशुपति विकास कोषले उनलाई स्वागत गरेको हो ।

शनिबार उनी चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । शनिबारदेखि सोमबारसम्म त्यहाँ हनुमान कथा वाचन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्