माओवादी केन्द्रीय सदस्यमा दुईजना मनोनीत



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दुईजनालाई मनोनीत गरेको छ । माओवादीले ओखलढुंगाका बाबुुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको हो ।

गत साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्‍याउन २२ जना थप गरेको थियो । दुईजना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्