नेयमार अल हिलालमा सार्वजनिक

0
Shares

लन्डन, (एजेन्सी) । ब्राजिलियन स्टार फरवार्ड नेयमार साउदी अरेबियन प्रो लिग क्लब अल हिलालमा सार्वजनिक भएका छन् ।

सन् २०१७ मा २ सय २२ मिलियन युरोमा फ्रेन्च क्लब (पीएसजी) मा भित्रिएका नेयमारले उक्त क्लब छाँडेसँगै साउदी क्लब अल हिलालमा सार्वजनिक भएका छन् । नेयमार अनुबन्धनका लागि हल हिलाल पीएसजीलाई एक सय मिलियन युरो तिरेको हो । यससँगै नेयमार र अल हिलालबीच दुई वर्षको सम्झौता भएको छ ।

सम्भौता अनुसार उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने छन् । नेयमार अनुबन्धनका लागि सम्पूर्ण तयारी पुरा भएको हुन साथै मेडिकल परक्षिणपछि नेयमार साउदी अरेबियातर्फ प्रस्थान गरेका थिए । नेयमारले पीएसजीका लागि १ सय ७३ खेलमा १ सय १८ गोल गरेका छन् । उनले पीएसजीबाट तीन लिग वान, तीन फ्रेन्च सुपर कप, तीन कोपा डे फ्रान्स, दुई फ्रान्स लिग कपको उपाधि जितेका थिए ।