सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

0
Shares

काठमाडौं ।

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार ६ जनालाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।

पक्राउ पर्नेहरूमा सिटिजन्स बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुङ्गेलले जानकारी दिए।

उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। परिसरले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।