तस्करीको अवैध ६० केजी सुन गाल्दै



काठमाडौं ।

मोटरसाइकलको ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न थालिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्न थालिएको हो ।

सुन गालेर अहिले बिस्कुटको आकारको बनाइँदैछ। यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्