सन्दर्भ : भारतको ७७ औं स्वतन्त्रता दिवस- असंलग्न परराष्ट्र नीतिदेखि जी ट्वान्टीसम्म



भारत स्वतन्त्र हुनुभन्दा पहिले नै गरिब, दमित र सम्राज्यवादको चपेटामा रहेका मुलुकहरूको अवाजलाई ध्वनित गर्न दिल्लीमा एसिया र अफ्रिकाका मुलुकहरूको सम्मेलनको अनुष्ठान र आयोजन गरिएको थियो । द्वितीय विश्वयुद्धपश्चात् संसारका पॉच प्रतिशत जनता भएको अमेरिकाले विश्व अर्थतन्त्रको आधी भाग ओगटेको थियो । सन् १९१७ को क्रान्तिको राप र तापले गर्दा सोभियत रुस पनि शक्ति र सार्मथ्यको शिखरमा थियो । अर्थात् साम्यवाद र पू‘जीवादबाट विखण्डित संसारमा तेस्रो धारको टड्कारो आवश्यकता थियो । असंलग्न परराष्ट्र नीति यसैको प्रारुप थियो । नेहरु, माओ र सुकार्नाेको संयुक्त समझादारीमा असंलग्न नीतिको यात्रा शुरु भएको थियो । भारतका प्रथम प्रधानमन्त्री नेहरुले अंसलग्न परराष्ट्र नीतिलाई भरपूर प्रयोग गरेका थिए । तत्कालीन अवस्थामा चीनको कम्युनिस्ट सरकारलाई अमेरिकाले समेत मान्यता दिएको थिएन । चीनलाई सबभन्दा पहिले मान्यता दिने देश भारत नै थियो । साथै चीनलाई सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा सिफारिस गर्ने मुलुक भारत नै थियो । सन् १९५० मा तिब्बत चीनको अधीनमा हुनु, सन् १९५६ मा दलाई लामा भारत भ्रमण गर्नु र सन् १९५९ मा आप्mना सहयोगीका साथ दलाई लामा भारतमा शरण लिनुजस्ता परिघटनाले नेहरु–माओको सम्बन्धमा चिसोपन देखियो । असंलग्न परराष्ट्र नीतिको माध्यमबाट नै नेहरुले अमेरिकी निवेश र सोभियत रुसको प्रविधिलाई भारतमा भित्र्याउन सफल भयो ।

प्रजातन्त्रको संस्थागत विकास, औद्योगीकरणको आधारशिला र अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार नेहरुको कुशल नेतृत्वले मात्र सम्भव भएको थियो । तर सन् १९६२ मा चीनसँग युद्ध हुनुलाई असंलग्न परराष्ट्र नीतिको असफलताको रूपमा पनि व्याख्या गरिन्छ । भारतका पूर्वराजदूत निरुपमा रावले आप्mनो पुस्तक ‘प्mरायमचर्ड हिमालयन’ मा भारत–चीनको युद्धको कारण चीनको बढ्दो महत्वाकाङ्क्षा हो भन्ने तर्क अगाडि सारेका छन् भने भारत–चीन सम्बन्धको अद्भुत जानकार विजय गोरवले आप्mनो पुस्तक ‘लङ गेम’ मा भारतका कमजोर संवाद शैलीलाई दोषी मानेका छन् । नेहरुको युगपश्चात् इन्दिरा गान्धीको परराष्ट्र नीति उल्लेखनीय रहेको छ । इन्दिरा गान्धीले परराष्ट्र नीतिलाई राष्ट्रवादसँग जोडेर प्रयोग गरिन् । निक्सनसँग प्रजातान्त्रिक मूल्य र मान्यताको मापदण्ड अनुसार कृषि क्रान्तिको लागि प्रचूर मात्रामा पु‘जी र प्रविधि भित्र्याउन उनी सफल भइन् । अर्कोतर्पm चीनबाट पराजित भारत लघुताभाषको मनोग्रन्थिबाट दमित थियो । लघुताभाषले विकासको ज्वारभाटालाई प्रस्फुटन गर्न सक्दैन भन्ने कुरामा इन्दिरा विश्वस्त थिइन् । सन् ७० को दशकमा पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गरी मानवीय मूल्य र मान्यताको आधारमा पाकिस्तानलाई विभाजन गर्दै नयॉ देशको रूपमा बङ्गलादेशको धाईआमा बन्न सफल भएकी इन्दिरा परराष्ट्र नीतिको अनुपम प्रयोगकर्ता थिइन् । अमेरिका र चीनले भारतलाई सैनिक कार्यवाही गर्न चुनौतीसमेत दिएका थिए । बङ्गालको खाडीमा अमेरिकी लडाकू विमान परिचालित भएका थिए । अमेरिका र चीनको दम्भ र सार्मथ्यलाई चुनौती दि‘दै इन्दिराले सन् १९७१ मा सोभियत रुससँग शान्ति सम्झौता गरिन् । कुनै पनि मुलुकले भारतमा आक्रमण गरेको खण्डमा सोभियत रुसले प्रतिकार गर्ने सन्धिको प्रारुप थियो ।

इन्दिरा युगपश्चात् राजीव गान्धीको युग पनि रोचक देखिन्छ । सन् १९६२ पश्चात् चीन र भारतबीचको सम्बन्ध पूर्णरुपले शिथिल भइसकेको थियो । संवादहीनता र शत्रुताबाट दौत्य सम्बन्ध विखण्डित थियो । यस्तो प्रतिकूल अवस्थामा सन् १९८८ मा राजीव गान्धीले चीन यात्रा गरे । राष्ट्रपति देङग र गान्धीबीच उत्कृष्ट समझदारी भयो । समझदारी अनुसार दुईवटै मुलुकहरू सीमासम्बन्धी समस्यालाई पनि राख्दै, आर्थिक सम्बन्धलाई घनिभूत बनाउ‘दै अगाडि बढ्ने सहमति भयो । यही समझदारीको आधारमा भारत र चीनबीचको व्यापार १०० बिलियन डलरभन्दा अधिक रहेको छ । राजीव गान्धीको परराष्ट्र नीतिको अर्को सफलता पश्चिमा विद्युतीय प्रविधिलाई भारतमा भित्र्याउनु हो । बङ्गालका तत्कालीन मुख्यमन्त्री ज्योति बसुले कटाक्ष शैलीमा राजीवलाई ‘मिस्टर कम्प्युटर’ भन्ने गर्थे । वर्तमान परिवेशमा भारत विद्युतीय जगत्को नेतृत्व गरिरहेको अवस्था छ । यसको आधारस्तम्भ राजीवले नै तयार गरेका हुन् ।

राजीव युगपश्चात् नरसिंह रावको युग बडो महत्वपूर्ण देखिन्छ । रावले आप्mनो आत्मकथा ‘इनसाइडर’ मा आप्mना नीतिलाई सूत्रात्मकरूपले व्याख्या गरेका छन् । रावको शासनकाल बडो प्रतिकूल अवस्थामा थियो । सोभियत विघटन, अर्थतन्त्र दिवालीपन हुनु रावको लागि ठूलो चुनौती थियो । रावले सर्वप्रथम ‘लुक इस्ट’ पोलिसीको उद्घोष गरे । अर्थात् पुँजी र प्रविधिलाई निमन्त्रणा गर्न आसियानका मुलुकहरूसँग सामीप्यता बढाए । साथै भारतीय अर्थतन्त्रलाई उदारीकरणतर्पm उन्मुख गर्न उनी सफल भए । भारतको इतिहासमा मात्रै होइन, संसारको इतिहासमा ३.५ बाट ८.५ आर्थिक छलाङ लगाउन राव नै सफल भएका थिए । इजरायलसँगको दौत्य सम्बन्ध रावको परराष्ट्र नीतिको महत्वपूर्ण उपलब्धि हो ।

रावको युगपश्चात् डा. मनमोहन सिंह पनि महत्वपूर्ण देखिन्छन् । आप्mनो पुस्तक ‘एक्सिडेन्टल प्राइममिनिस्टर’ मा डा. सिंहले आप्mनो महत्वपूर्ण उपलब्धिमध्ये अमेरिकासँग भएको न्युक्लियर सम्झौतालाई उनले लिएका छन् । न्युक्लियर सम्झौताले नै गर्दा भारत आधुनिकीकरणको युगमा प्रवेश गरेको जानकारहरूको दाबी रहेको छ । अटलविहारी बाजपेयीले न्युक्लियर परीक्षण गरेर भारतको सामरिक सामथ्र्यलाई जगजाहेर गरेको देखिन्छ । बाजेपयीको पाकिस्तान नीति पनि रेखाङ्कन गर्नलायक देखिन्छ । लाहोर बस यात्रा, पाकिस्तान सैनिक राष्ट्रपति मुसरफसँगको आग्रा वार्ता, कारगिल युद्धजस्ता परिघटनाले बाजपेयीको दूरदृष्टि देखिन्छ । सन् २०१४ पश्चात् अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि पृथक् देखिन्छ । मोदी युगमा परराष्ट्र नीतिको प्रयोग पृथक् देखिन्छ । भारत पहिले प्रतिक्रियात्मक (रियाक्टिभ) कूटनीतिको प्रयोग गथ्र्यो । वर्तमान परिवेशमा भारतलाई एर्जेन्डा सेटर (कार्यसूची प्रस्तोता) को रूपमा लिइन्छ । सन् २०१४ देखि २०२३ सम्म विश्वको दशांै अर्थतन्त्रबाट पॉचांै अर्थतन्त्र बन्न सफल हुनुमा परराष्ट्र नीतिको ठूलो भूमिका देखिन्छ । जलवायु परिर्वतनदेखि सोलार एलायन्ससम्म भारतले विश्वको नेतृत्व लिइरहेको अवस्था छ । वर्तमान परिवेशमा भारतले जी ट्वान्टी र सांघाई सहयोग संगठनको समेत अध्यक्षताको अवसर प्राप्त गरेको छ । भारतले २ सयभन्दा अधिक विषयवस्तुमाथि भारतका ५० वटा शहरमा छलफल चलाइरहेको छ । आउने सेप्टेम्बरमा सुरक्षा परिषद्को पॉचवटै स्थायी सदस्यहरू जी ट्वान्टीको शिखर सम्मेलनमा आउने अपेक्षा गरिएको छ । अर्को शब्दमा भन्ने हो भने प्रजातान्त्रिक पद्धतिको माध्यमबाट असंलग्नतादेखि जी ट्वान्टीसम्मको यात्रा रोचक देखिन्छ । अन्त्यमा, स्वतन्त्रता दिवसको अवसरमा शुभकामना !

प्रतिक्रिया दिनुहोस्