एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

0
Shares

काठमाडौं ।

एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

आसन्न एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाललाई समावेश गरिएको छ ।

पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ ।