नेवार सुन्दरी पाक कला सिकेर दंग

0
Shares

आगामी भाद्र ५ गते राजधानीमा हुने १७औं संस्करणको मिस नेवाः नेपाल ११४३ का प्रतियोगी नेवार सुन्दरीहरुले शनिबार नेवारी परिकार बनाउने कला सिक्दै एक अर्कालाई खुवाएर नेवारी परिकारबारे पाक कलाको ज्ञान आदान प्रदान गरेका छन्।

प्रतियोगितामा सहभागी अन्तिम १७ प्रतिस्पर्धीहरुले प्रतियोगिताको अभिन्न अंगका रुपमा रहेको पाक कला ज्ञान आदान प्रदानअन्र्तगत टोखाको सपनतीर्थ मन्दिरमा आयोजित कार्यक्रममा यो कलाको ज्ञान आदान प्रदान गरेका हुन्। मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवारी खाना संस्कृतिबारे उनीहरुलाई ज्ञान र त्यसको महत्व बुझाउन सधैभैmँ यसपटक पनि नेवारी परिकार बनाउने कार्यक्रम आयोजना गरिएको हो। सहभागी सुन्दरीहरुले नेवारी खाना घरमा अभिभावकले बनाएर खुवाउने गरे पनि यसपटक केही मौलिक परिकार बनाउन आफैले जानेकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी पूर्व मिस नेवाः नेपाल ११३१ तथा काठमाडौं महानरपालिकाकी उपमेयर सुनीता डंगोलले मिस नेवाः मा नेवारी कला, संस्कृति, भाषा, परम्परा, लिपि, संस्कारजस्तै सबै सिकाइने अनुभव सुनाउँदै सँगसँगै व्यक्तित्व विकास पनि हुँदै जाने बताइन्। आज म यहाँ पुग्नुको श्रेय पनि म मिस नेवाः लाई नै दिन्छु। मिस नेवाः वास्तवमा ब्युटी कन्टेस्ट नै होइन, यो ट्यालेन्ट कन्टेस्ट हो। मिस नेवाः मा सहभागी भएपछि नै ममा परिवर्तन आएको हो। मिस नेवाः मा जित्नु ठूलो कुरा होइन, पर्पmमचाहिँ एकदम राम्रो गर्नुपर्छ। सबैभन्दा पहिला आपूmले आफैलाई चिन्नुपर्छ। आफैलाई चिन्नु एकदम महत्वपूर्ण हुन्छ। जबसम्म आपूmले आफैलाई चिन्न सकिन्न, तबसम्म मिस नेवाः मात्र होइन, अरु कुनै पनि कुरा जित्न सकिन्नु प्रतियोगिताका सहभागीलाई प्रोत्साहित गर्दै उपमेयर डंगोलले भनिन्।

नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, मिस नेवा ः २०२१ कृषा महर्जन, मिस नेवा ः २०२२ सलिना महर्जन, नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठको विशेष आतिथ्यता र सपनतीर्थ व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी देव डंगोलको संयोजनमा सम्पन्न कार्यक्रममा समाजसेवीहरु रमेश नापित, गणेशमान श्रेष्ठ र देवराज डंगोललाई कदरपत्रबाट सम्मानित गरिएको थियो।

प्रतियोगिताको अन्तिम स्पर्धामा रोजिना महर्जन, सुविता देउला, अंशु प्रजापति, रशिला श्रेष्ठ, सकिला महर्जन, तुलसा प्रजापति, अविशा कपाली, कृष्टी प्रजापति, सिचु मानन्धर, खुसी डंगोल, ऋतिका श्रेष्ठ, ऋद्धिशा श्रेष्ठ, एडिझना श्रेष्ठ, तुलसी कंसाकार, तिमिला महर्जन, युनिशा महर्जन र मीनासा महर्जन सहभागी छन्।