कर्णालीमा पानीको सतह बढ्यो, झोलुङ्गे पुल उच्च जोखिममा 

पहिरोले बजेडीका तीन घर ढले

0
Shares

 बाजुरा। 

 विगत चार दिनदेखि परेको  अविरल वर्षका कारण कर्णाली नदीमा पानीको सतह बढेको छ । पानीको सतह बडेसँगै नदी किनारमा रहेका बस्ती र झोलुङ्गे पुल पनि उच्च जोखिममा  परेका छन् ।  बाजुरा  लगायत हुम्ला, मुगु, कालिकोट, अछाम, दैलेख, सुर्खेत, कैलाली र बर्दिया जिल्लाका कर्णाली नदी किनारका बस्ती जोखिममा पर्न सक्ने खतरा बढेको छ । जगन्नाथ गाउँपालिका पिलस्थित  गुरुकुल विद्याआश्रमका सञ्चालक गङ्गाप्रसाद उपाध्याले भने । उपाध्याका अनुसार उक्त आश्रम कर्णाली नदी र पिलु खोलाको किनारामै छ कति वेला बगाउने हो , चिन्ता लागेको छ।

   प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार बाजुराको  बुढिगंगा नगरपालिका वडा नं २ बजेडीका तीन  घर भत्केका छन् । केही घर उच्च जोखिममा छन् । त्यसैरी गौमुल र हिमाली गाउँपालिकाका दर्जनौँ घर जोखिममा छन् । बडिमालिका   नगरपालिकाको  वडा नं सात विर्कुली , दानचौर,चुुथी ,ढम्कने मा पहिरोका कारण सडक अवरुद्ध भएको छ । भने अनाई र दानसांगुमा पुल नहुँदा  सडक अवरुद्ध भएको छ । त्यस्तै खप्तड क्षेडेदहको गुम्ला गाउँ मा विगतदेखि निरन्तर पहिरो जाँदा  गाउनै उठिबास हुनुपर्ने अवस्था आएको छ ।  कर्णाली नदीमा पानीको बहाव बढेको खबर आएको छ । अहिले सम्म कुनै भौतिक तथा मानवी क्षति  नभएको  प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए ।

बुढगंगा नगरपालिका नगर प्रमुख रामवहादुर बानियाँका अनुसार बुढिगंगा नगरपालिका  वडा नं २ बजेडीका जोगी लवार र डम्म लवार लगायतका  तीन  घर पहिरोका कारण  ढलिसकेका छन् । ९८ घर जोखिम्मा छन् ।  तिनिहरुलाई  तत्काल आवासका  लागि विद्यालय र सामुदायिक वनको भवनमा सार्ने । त्रिपाल लगायत राहात सामाग्री वितरण गर्ने भन्ने आईतवार बसेको कार्यपालिकाको बैठकले निर्णय गरिसकेको छ । दीर्घलिन सुरक्षाका लागि वस्तिविकास योजना अनुसार  सुरक्षित ठाउँमा स्थानान्तरण गरिनेछ  नगरप्रमुख बानियाँले भने ।

       बाजुरा जिल्लाका अन्दर्जनौ झोलंगे पुलहरु बाढी  पहिराको जोखिममा रहेका छन् । बर्षौ पुराना पुलहरु जीर्ण हुनुका साथै बाढी  पहिरोको कारण जोखिम बनेका हुन् । पुलहरु जोखिममा बन्नाले आवत जावतमा समस्या भएको छ । जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुङ्गे पुल रहेका छन् ।

अधिकांश पुल जीर्ण र जोखिममा रहेका छन् । दसकौँ पुराना झोलुङ्गे पुलहरु बर्षातको समयमा बाढी र पहिरोको जोखिममा हुने गरेका छन् । आठ वर्ष पहिले केन्द्रबाट विज्ञहरुको टोली आएर यहाँका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको सङ्केत समेत लगाएका थिए । तर मर्मत गर्न भने कसैको ध्यान  छैन स्थानीय सरस्वती  गिरीले भनिन्  । विगत तीन दिन देखि बाजुरा लगायत सुदूरपश्चिम र  कर्णाली प्रदेशका जिल्लामा निरन्तर वर्ष भइरहेको छ।

यसैवीच  जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्ला बासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले गत  शुक्रवार एक सूचना जारी गर्दै साउन २७ गते देखी २९ गते सम्म मनसुन सक्रिय रहने भएकाले मनसुनबाट हुने जोखिमबाट सतर्कता अपनाउन आग्रह गरेको हो ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यूनचापीय प्रणालीको प्रभाव पनि रहेकोले खोला आसपास पहिरोको जोखीम रहेको ठाउँबाट सुरक्षित ठाउँमा  बस्न सूचना मार्फत भनिएको छ ।

साना तथा ठुला नदिहरुको बहाफ बढ्न सक्ने, दैनिक जनजीवन सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने, केही ठाउँमा भारी वर्षा हुने,भएकोले  जिल्ला बासीलाई सतर्कता अपनाउन अनुरोध गर्दछौँ सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काद्वारा  हस्ताक्षरित सूचनामा उल्लेख छ।