एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा श्रेष्ठ नियुक्त

0
Shares

काठमाडौं ।

नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ एसिया ट्रायथलनका अध्यक्ष फहाद बिन जलाबी बिन अब्दुल अजिजको सिनियर सल्लाहकारमा नियुक्त भएका छन् ।

वेस्ट एसिया ट्रायथलन संघ तथा साउदी अरेबिया ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका अजिजले निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा नियुक्त गरेका हुन् ।

साउदी अरेबियाका राजकुमार समेत रहेका अजिज सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गतको कार्यकारी कार्यालयका सदस्य तथा शैक्षिक कमिटीका अध्यक्ष हुन् ।

चुनावपछिको पहिलो तथा ९० औं कार्यकारी बैठक सन् २०२३ को अगस्ट ५ मा रियादमा बसेको थियो र त्यसमा अध्यक्ष अजिजले श्रेष्ठलाई नियुक्त गरेका हुन् । अजिज विश्व ट्रायथलन अन्तर्गतको एनओसी रियलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनको सदस्य समेत हुन् ।