९ लाखकाे लत्ताकपडासहित पाँच जना प्रहरीकाे नियन्त्रणमा

0
Shares

काठमाडौं  । 
बाँके जिल्लाको डुडुवा गाउँपालिका ६ मुन्सीपुर्वाबाट साउन २८ गते सशस्त्र प्रहरीले करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रमा लिइएकाहरुमा भारत घर बताउने ३५ वर्षीय सिता प्रसाद कौली, २६ वर्षीय गुडु यादव, २४ वर्षीय राजेन्द्र कौली, २७ वर्षीय खर्मन पठान र २४ वर्षीय गुड्डुप कसिफ छन् ।
यूपी ४० एक्स ९२२७ नम्बरको भारतीय मोटरसाईकल र पाँच वटा साईकलमाराखि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ४ सय १५ थान सुट, ७५ थान तन्ना र ९ सय ४० थान सुज कभरसहित उनीहरुलाई बिओपी कालाबन्जार बाँकेले नियन्त्रणमा लिएको हो। मोटरसाईकल चालक भने सशस्त्र प्रहरीको टोलीलाई टाढैबाट देख्नासाथै फरार भएका थिए । नियन्त्रणमा लिएकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकल र साईकलसहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।
लुकाई छिपाई ल्याउने २ जना पक्राउ 
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ५ ईद्रिसबाट साउन २७ गते सशस्त्र प्रहरीले करीव २१ लाख ६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा र यात्रुवाहक बससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
धादिङ्ग जिल्लाको बेनिघाट रोलाङ्ग गाउँपालिका २ बस्ने २७ वर्षीय राजकुमार लामा र रौतहट जिल्लाको बृन्दावन नगरपालिका ७ बस्ने २१ वर्षिय मिराज अन्सारीलाई सुरक्षा वेश फतुहाले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ५१४४ नम्बरको यात्रुवाहक बसमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउदै गरेको उल्लेखित मुल्यको लत्ताकपडासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका व्यक्ति सो गाडीको चालक तथा सहचालक रहेका छन् । नियन्त्रणमा लिएका दुवै जनालाई बरामद लत्ताकपडा तथा बससहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।