जहाज नउडेपछि भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।

मौसमको खराबीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन्। प्रधानमन्त्री दाहाल शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

उनी आइतबार विहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने तयारी थियो। तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले बताए। उनले मौसममा सुधार हुँदै गएकाले केहीबेरमा जहाज उड्ने सम्भावना रहेको बताए।

प्रतिक्रिया दिनुहोस्