सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

0
Shares

काठमाडौं ।

त्रिभुवन विमानस्थलबाट बरामद गरिएको एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ छुटेका छन्। शुक्रबार काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका लिजिया लिन र लिउ फुयानलाई अनुसन्धान ब्युराे (सिआइबी) ले छाडेकाे हाे  ।

ली जियालिङ र लिउ फुयान शुक्रबार बिहान ९ बजेको हिमालयन एयरको उडानबाट चीन जान लागेका थिए। राजश्व अनुसन्धान विभागले उनीहरूलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सिआइबीलाई बुझाएको थियो।

तर पछि उनीहरूको संलग्नता नदेखिएको भन्‍दै छाडिएको हो।