नेकपा एसकी केन्द्रीय सदस्य कमला मानन्धर एमालेमा प्रवेश



काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

शनिबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन् । ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् । पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायत एमाले ललितपुरका नेताहरुकाे उपस्थित हरेको थियो ।

प्रतिक्रिया दिनुहोस्