फेरि सरकारमा सहभागी हुँदै सिके राउत नेतृत्वको जनमत पार्टी



काठमाडौं ।

सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री र जनमत निकट स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो।

राष्ट्रपति कार्यालयमा नाम पुगिसकेको स्रोतले बताएकाे छ। जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमतले गत पुसमा सरकारबाट बाहिरिएको थियो।

सरकार छाडेको करिब चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्