हामी सबैले मानवतालाई जगाउनु आवश्यक छ



स्वतन्त्रता मानिसको एउटा स्वाभाविक गुण हो । यद्यपि के तपाईँलाई वास्तविक स्वतन्त्रताको मुहानका बारेमा थाहा छ ? वास्तविक स्वतन्त्रता मानिसको हृदयबाट आउँछ । हिजोआज हामीमध्ये धेरैजसो मानिसले आपूmले आपूmलाई स्वतन्त्र छु भन्ने ठान्छौँ तथापि स्वतन्त्र हुँदैनौँ । यथार्थमा मानिस काम, क्रोध, लोभ अनि मोहको बन्धनमा बाँधिएको छ । उसले वास्तविक आनन्द आफ्नो हृदयबाट प्राप्त हुन्छ भन्ने कुरै भुलिसकेको छ । वस्तुतः मानिसलाई यसको पहिचान भएपछि उसमा वास्तविक स्वतन्त्रताको महसुस हुनेछ ।

एउटा नदीलाई हेर्नुहोस् । नदी त स्वतन्त्र भएर बहन्छ । उसले कसैसँग म कताबाट बगौँ भनेर त सोध्दैन । उसले आफ्नो बाटो आपैmँ तय गर्दछ । सबैभन्दा मन पर्ने मार्ग उसले रोज्छ । हुनसक्छ, उसको बाटोमा चट्टान पनि भेटिएला । चट्टानले त बाटो बदल्दैन तर पानी छेउबाट बग्न थाल्छ । चट्टानले त ‘मैले बाटो नफेरेका कारण मेरो जित भयो’ भनेर पनि सोच्दो हो । तथापि, उसलाई पानीको शक्तिका बारेमा बोध हुँदैन । पानीमा एकखालको एकाग्रता हुन्छ । बिस्तारै–बिस्तारै गरेर पानीले चट्टानलाई खियाउन थाल्छ । समय बित्दै जाँदा चट्टानले नै त्यहाँबाट ठाउँ छोड्नुपर्ने हुन्छ । त्यसपछि पानी त्यही स्थानबाट बग्न थाल्छ । सबै उपत्यकाहरू पानीको यस्तै प्रकारको शक्तिको प्रमाण हुन् । एकदमै नम्रतापूर्वक पानीले आफ्नो प्रयास जारी राख्छ । ऊ बगिरहन्छ अनि बिस्तारै–बिस्तारै गरेर उसले चट्टानलाई खियाइरहन्छ । अन्ततः कठोर चट्टानले विनम्र अनि नरम पानीका अघि शिर झुकाउन विवश हुनुपर्छ ।

मानिसले विनम्रता र मानवताको अभ्यास गरेर अनि आफ्नो हृदयमा अवस्थित शान्तिको अनुभव गरेर आफ्नो जीवनलाई सफल तुल्याउन सक्छ । वास्तवमा हामी आफ्नो जीवनमा जुन चीजको सबैभन्दा बढी अभ्यास गर्छौँ त्यसैमा अब्बल बन्छौँ । यदि हामीले क्रोधको अभ्यास ग¥यौँ भने हामी त्यसमै सबल बन्छौँ । यदि यसमा अभ्यस्त भयौँ भने त सोचविचार गर्ने कुरा नै समाप्त हुन्छ । त्यस्तै गरेर मानवताको अभ्यास ग¥यौँ भने हामी त्यसैमा निपुण बन्न सक्छौँ । सत्यताको अभ्यास ग¥यौँ भने सत्यतामै अभ्यस्त बन्छौँ । यदि आपूmभित्र रहेको प्रेमलाई प्राप्त गर्ने अभ्यास गर्नुभयो भने तपाईँ पनि त्यसमै अभ्यस्त बन्नुहुनेछ । तपाईँ यसका बारेमा सोच्नुहोस् । मानिस बन्नुहोस् किनभने तपाईँ मनुष्य हुनुहुन्छ । तपाईँ मानवताको बारेमा बुझ्ने कार्यको शुरुवात गर्नुहोस् । जुन दिन मानिसमा मानवता समाप्त हुन्छ नि ! तबदेखि मानव मानव हुने कुरै रहँदैन । यसर्थ मानवतालाई बुझ्नुहोस् । यो जीवन तपाईँलाई उपहारका रूपमा प्राप्त भएको छ । यसलाई स्वीकार गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल बनाउनुहोस् ।

तपाईँको जीवनको यात्रा तपाईँको पहिलो श्वासबाट शुरु भएको थियो । त्यस बेलादेखि यो श्वासको आउने–जाने क्रम रोकिएको छैन । यो चीज जीवनभरि तपाईँसँग रहनेछ । तपाईँको अन्तिम क्षणसम्म । तपाईँलाई यो श्वास तपाईँभित्र आउँछ भन्ने कुरा पनि थाहा छ । यसमा ध्यान दिनुहोस् । यदि तपाईँले आफ्नो जीवनमा यो आइरहेको श्वासलाई महसुस गर्नुभयो भने यसले आराम, चैन र सन्तुष्टि लिएर आउँछ । तपाईँ जीवित हुनुभएकोमा आभारी रहनुहोस् । अतः यो अस्तित्वलाई सराहना गर्नुहोस् ।

यो संसारमा रहेर तपाईँ आफ्नो जीवनमा जे–जे प्राप्त गर्न चाहनुहुन्छ, तिनलाई प्राप्त गर्नुहोस् । तर, तपार्इँको वास्तविक स्वरूपलाई पनि चिन्नुहोस् । तपाईँको वास्तविक स्वरूप तपाईँभन्दा पृथक् छैन । त्यो वास्तविक स्वरूप हो– ‘शान्ति’ । वास्तवमा जीवनको लक्ष्य नै आनन्द र शान्ति प्राप्त गर्नु हो । हामी जति पनि कार्य गर्दछौँ, शान्तिका लागि नै गर्दछौँ । मानिसहरू घर बनाउँछन् । त्यसको साजसज्जामा लाग्छन् ताकि सौन्दर्य बढोस् । तर, जीवनलाई सफल तुल्याउने सबैभन्दा पहिलो खुड्किलो हामीभित्रै छ । म जुन शान्तिका बारेमा चर्चा गर्छु, त्यो शान्ति सबैको हृदयभित्र अवस्थित छ । यो सबैका लागि एक समान हुन्छ । शान्तिका लागि आफ्नो हृदयमा लागेको प्यासलाई जुन दिन हामी बुझ्न शुरु गर्छौँ, त्यस दिन शान्तिका लागि हाम्रो खोजको पनि प्रारम्भ हुन्छ ।

जब तपाईँसँग सोधिन्छ, ‘तपाईँ को हुनुहुन्छ ? तपाईँको आफ्नो परिचय दिनुहोस् ।’ तब, कसैले आफ्नो नाम बताउन थाल्छन्, कसैले आफ्नो पद के हो भन्छन् त कसैले अरू कुरा बताउँछन् । तपाईँको वास्तविक परिचयचाहिँँ त्यो होइन । के तपाईँले कहिल्यै सोच्नुभएको छ– तपाईँ वास्तवमा को हुनुहुन्छ ? के कहिल्यै तपाईँ स्वयंसँग परिचित हुनुभएको छ ? तपाईँ आफ्नो आँखाले सबैलाई देख्न सक्नुहुन्छ तर आपूmले आपैmँलाई हेर्नका लागि ऐनाको आवश्यकता पर्दछ । तपाईँले ऐनामा हेर्दा के त्यहाँ तपाईँको वास्तविक स्वरूप देखिन्छ ? ऐनामा हेर्दा तपाईँको वास्तविक स्वरूप देखिँदैन, किनकि तपाईँले नकाब (मखुन्डो) लगाउनुभएको छ । सबैभन्दा पहिला आफ्नो मखुन्डोलाई निकाल्नु आवश्यक छ । तपाईँको क्रोध, माया, घमण्ड अनि अज्ञानताको मखुन्डो हटेपछि मात्रै तपाईँले आफ्नो वास्तविक स्वरूपलाई देख्न सक्नुहुनेछ । यो मखुन्डो तब मात्र हट्नेछ जब तपाईँसामु ‘साँचो ज्ञानरूपी दर्पण’ राखिनेछ । यदि नकाब लगाएर तपाईँले ऐनामा हेर्नुभए पनि ऐनामा त्यही नै देखिनेछ । साँचो मानवता तब देखिनेछ जब नकाब हट्नेछ । मखुन्डोलाई निकालेर वास्तविक ज्ञानको ऐनामा हेर्नुभएपछि मात्र तपाईँलाई ज्ञात हुनेछ– यो संसारका सृष्टिकर्ता तपाईँकै हृदयमा विराजमान छन् ।

सबैभन्दा ठूलो खोज त– आपूmभित्रको वास्तविक स्वरूपलाई चिन्नु हो । कोही हामीसँगै हरेक क्षण हुन्छन् भन्ने कुरालाई बुझ्नु हो । भलै हाम्रो यो शरीर उमेरअनुसार बदलिँदै जान्छ तर त्यो कहिल्यै पनि बदलिँदैन । यदि जीवनमा यो कुरालाई बुझ्नुभएन भने पनि निःसन्देह यो जीवन त बित्नेछ । तर, सृष्टिकर्ताले तपाईँलाई जुन अनमोल उपहार दिएका छन्, त्यसबाट वञ्चित रहनुहुनेछ । तपाईँलाई त्यसको सबैभन्दा बढी आवश्यकता रहन्छ । तसर्थ, के आवश्यक छ भने हामी आपूmभित्र भएको शान्तिको अनुभव गरौँ अनि आफ्नो आत्मविश्वासलाई अभैm दृढ बनाऔँ । तपाईँले स्वयंलाई चिन्नुभएपछि आफ्नो वास्तविक स्वरूपलाई पनि पहिचान गर्नुहुनेछ ।

यसै सन्दर्भमा एउटा कथा छ । दुईजना यात्रुहरू गइरहेका थिए । तिनीहरूमध्ये एकजनाचाहिँ चोर थियो । चोरले यात्रुलाई सोध्यो, ‘दाजु, तपाईँ कता गइरहनुभएको छ ?’

ती यात्रु भन्छन्, ‘म धन कमाउनका लागि विदेश गएको थिएँ । अहिले आफ्नो पूरै कमाइ बोकेर आफ्नो घरतिर गइरहेको छु ।’
चोरले भन्यो, ‘म पनि उतै गइरहेको छु । दुवैजना साथसाथै भयौँ भने एकदमै राम्रो हुनेछ ।’
यात्रुले भने, ‘ठीकै छ भाइ, एकजना थिएँ, दुईजना भएर जान पाइने भयो ।’

जाँदा–जाँदा रात प¥यो । दुवैजना एउटा होटलमा एउटै कोठा लिएर बसे । खाना खानका लागि ती यात्रु तल झरेपछि चोरले उनको सामान, ओछ्यानदेखि लिएर सबैतिर खोज्यो तर उसले केही पनि फेला पार्न सकेन ।

चोर सोचमग्न भयो, ‘सबै ठाउँमा खोजिसकेँ । धन त कतै पनि पाइएन । आखिर यसले धनलाई कहाँ लुकाएको छ ? कतै यो झुटो बोलिरहेको त छैन ?’
भोलिपल्ट ती दुवैजना उही आफ्नो गन्तव्यतिर अघि बढे ।
चोरले यात्रुसँग सोध्यो, ‘के तपाईँले साँच्चै धन कमाउनुभएको छ ?’
यात्रुले भने, ‘हो, मैले धेरै नै धन कमाएको छु । यति धेरै कि अब मैले काम गर्नुपर्ने आवश्यकता पनि नरहला ।’

बाटो लामै थियो । रात प¥यो । त्यसदिन पनि उनीहरूले कतै होटलमा बस्नुपर्ने भयो । त्यहाँ बस्दा पनि चोरले सबैतिर उसै गरी खोजी ग¥यो । यसपटक पनि उसलाई केही हात लागेन ।

भोलिपल्ट गाउँ पुग्नै लागेपछि ती यात्रुतिर फर्केर चोर भन्छ, ‘अब त तपाईँ आफ्नो घरमा आइपुग्नै लाग्नुभयो अनि सुरक्षित पनि हुनुहुन्छ । म तपाईँसँग केही भन्न चाहन्छु । वास्तवमा म एउटा चोर हुँ । तपाईँ खाना खानका लागि तल जानुभएपछि म धनको लालचले तपाईँको सामानमा खोजतलास गर्थेँ । दुवै रात मैले तपाईँको सरसामानमा खूब खोजेँ तर मैले केही पनि भेट्टाइन । तपाईँले केही कमाउनुभएको पनि हो कि झुटो बोलिरहनुभएको छ ?’

यात्रुले भने, ‘म झुटो बोलिरहेको छैन ।’
उनले चोरलाई आपूmले कमाइ गरेको धन देखाउँदै भने, ‘तिमीले हरेक ठाउँमा मेरो धनलाई खोज्यौ । मेरो बाकस, मेरो ओछ्यान, मेरो सिरानीमुनि खोज्यौ तर तिमीले यसलाई आफ्नो सिरानीमुनि त खोजेनौ ।’
चोरले अचम्म मान्दै भन्यो, ‘मेरो सिरानीमुनि !’

यात्रुले भने, ‘तिमीले यो धन पाउनका लागि हरेक ठाउँमा खोज्यौ तर त्यहाँचाहिँ खोजेनौ जहाँ यो थियो– तिम्रो आफ्नै सिरानीमुनि । मलाई थाहा थियो, तिमीले सबै ठाउँमा खोज्नेछौ तर आफ्नै सिरानीमुनि कहिल्यै पनि खोज्नेछैनौ । त्यसकारण तिम्रो आँखा छलेर यो धनलाई तिम्रै सिरानीमुनि राखिदिन्थेँ ।’

चोरले निराश हुँदै भन्यो, ‘धत् ! मैले आफ्नै सिरानीमुनि खोजेको भए ।’
ठीक यस्तै प्रकारले त्यो परम शक्ति, ती सृष्टिकर्ता जसको खोजीमा हामी यता–उता भौँतारिरहन्छौँ । तिनलाई बाहिर खोजेर पाउन सकिँदैन । किनकि, उनी हामीभित्रै बसेका छन् । हामीभित्र नै ती सम्पूर्ण प्रकारका शक्ति विद्यमान छन्, जसको उपयुक्त प्रयोगले नै हामी आफ्नो लक्ष्य हासिल गर्न सक्छौँ । आफ्नो जिज्ञासा र खोजीद्वारा तपाईँले त्यो स्थानलाई प्राप्त गर्न सक्नुहुनेछ । जहाँ स्वयम् त्यो परम शक्ति, त्यो आनन्दको अनुभव गर्न सकिन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।

प्रतिक्रिया दिनुहोस्