पोर्चुगल पठाईदिन्छु भनी १६ लाख ठगी गर्ने एक महिला पक्राउ

0
Shares

काठमाडौं ।

पोर्चुगल पठाईदिन्छु भनी सोह्र लाख रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका – ६ बस्ने ५० वर्षीय माया पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनी समिर जंग गुरुङबाट सोह्र लाख रुपैयाँ लगेको प्रहरीले जाकारी दिएको छ । पोर्चुगलमा कृषि कम्पनीमा मासिक एक लाख तीस हजार भन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी दुई लाख छपन्न हजार रुपैयाँ लगेको पीडितकाे भनाइ छ  ।

रकम लिई सम्पर्क विहीन भएकाले  वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनी पीडितले पत्राचार गरेका थिए । उक्त कार्यलयबाट खटिएको प्रहरी टोलीले माया पुलामी मगरको खोजतलास गर्ने क्रममा नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।