भैरहवाको लागी उडेको बुद्धको जहाजमा समस्या, काठमाडौं नै फर्काइयो



काठमाडाैं ।

काठमाडौंबाट बिहीबार दिउँसो भैरहवा विमानस्थलका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएको छ।

उडान नम्बर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराइएको बुद्ध एयर प्रालिले जानकारी दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि फेरि सोही विमानस्थलमा सिंगल इन्जिनबाट ल्याण्ड भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जहाजमा ७० जना यात्रु थिए । उनीहरुलाई अर्को जहाजमार्फत भैरहवा पठाइएको बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्