कांग्रेस संसदीय दल समितिको बैठक आह्वान

0
Shares

काठमाडौं ।

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बोलाइएको छ । पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन् ।

देउवा निवासमा बिहीबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको समिति बैठकमा सदनको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।