सर्लाहीमा पुलमुनि युवकको टाउको मात्रै फेला परेपछि…



सर्लाही।

सर्लाहीमा पुलमुनि एक युवककाे टाउकाे मात्र फेला परेकाे छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परेको हाे ।

बिहीबार बिहान स्थानीयले खोलाको बगरमा घाँटीबाट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

प्रनाउ थारुका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ । घटनास्थलमा अहिले प्रहरी उपरीक्षक नरेशराज सुवेदी आफैँ पुगेर अनुसन्धान गरेकाे बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्