जापानमा २२ लाख येन खर्च गरेर एक युवक कुकुर बनेपछि… (भिडियोसहित)



टोकियो ।

जापानकाे  राजधानी टाेकियामा  २२ लाख येन खर्च गरेर एक युवा कुकुर बनेका छन् । कुकुरबाट वफादारीको अपेक्षा नगरे पनि उनी आफै वफादार कुकुर बनेका छन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो पूर्ण सत्य हो । एक जापानी मानिसले आफूलाई कुकुरमा परिणत गर्न २२ लाख येन खर्च गरेका जापानी मिडियाले जानएकाे छ ।

जापानी मिडियाका अनुसार जापानी कम्पनी जेपेट, जसले टिभी विज्ञापन र फिल्महरूको लागि पोशाक बनाउँछ, उसले मानिसको लागि अति वास्तविक कुकुरको पोशाक बनाएको थियो र यो बनाउन उनीहरूलाई ४० दिन लागेको थियो ।  कम्पनीका प्रवक्ताका अनुसार यो मोडल कुली कुकुरको शैलीमा डिजाइन गरिएको हो, जुन पूर्ण रूपमा वास्तविक देखिन्छ र चार खुट्टामा हिँड्छ।

‘म पशु बन्न चाहन्छु’ नामक युट्युब च्यानल चलाउने व्यक्तिले यससँग सम्बन्धित भिडियो अपलोड गरेका छन् । उक्त भिडियो अपलोड गर्दै लेखिएको छ, ‘मेरो बाल्यकालको जनावर बन्ने सपना पुरा भयो र म भरिया बनें  भनेर  सामाजिक सञ्जालमा भिडियो अपलोड गरेकाे जापानी मिडियाले उल्लेख गरेकाे छ ।

@bhitrakokhabar

१८ लाख रुपैयाँ खर्च गरेर मानिस बन्यो कुकुर #sekh12

♬ original sound – Bhitrakokhabar – Bhitrakokhabar

प्रतिक्रिया दिनुहोस्