राष्ट्रिय सभाको बैठक चल्न सक्दैन : एमाले



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (बिहीबार)का लागि आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने बताएको छ ।

यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभाको बैठक चल्न दिएको एमालेले बतायो ।

उसले क्विन्टल सुन प्रकरणमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्